काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नयाँ भवन निर्माणसँगै जडान गरिएका सेक्युरिटी सिस्टम र आईटी इन्स्टलेसन कार्यमा करोडौँ रुपैयाँ कमिसन र अनियमितता भएको आशंका गरिएको छ। बैंक स्रोतका अनुसार जीएसडी (जनरल सर्भिस डिभिजन) प्रमुख बिरेन्द्र रानाभाटले ठेकेदार कम्पनीसँग मिलेमतोमा करोडौँ रकम कमिसनका रूपमा लिएको बैंकका कर्मचारीहरुको छ। निर्माण कम्पनीसँग मिलेर कमिसन लिएको गुनासो बढ्न थालेपछि बैंकको भवन निर्माणमा भ्रष्टाचारको आशंका गरिएको हो।
रानाभाटले भवन निर्माण कार्यका लागि जिम्मेवारी पाएको रसुवा कन्स्ट्रक्सन कम्पनीसँग ५ करोड रुपैयाँभन्दा बढी कमिसन लिएर ठेक्का दिएको बैंक स्रोत बताउँछ। राणाभाटको यस कार्यमा बैंक तत्कालिन अध्यक्ष भारत ढकालको समेत संलग्नता रहेको स्रोतको दावी छ।
बैंक व्यवस्थापनदेखि संचालक समिति सम्मै गुनासो पुगेपछि बैंकको आन्तरिक लेखा परिक्षणले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ। यस सम्बन्धमा गुनासो व्याप्त भएपछि बैंक युनियनका केहि कर्मचारीहरी राष्ट्र बैंकमा उजुरी गर्न जाने तयारीमा छन्। महँगा मूल्यमा सामग्री जडान गरिएको भनि खर्च बढी देखाएको तर उक्त सामग्री जडान गरेको २ महिनामै काम गर्न छोडेपछि गरिएको अनुसन्धानबाट कमिसनको खेलमा कम मूल्यका सामानको बढी रकम लिईएको भेटिएको स्रोत बताउँछ।
बैंकका जीएसडी विभागमै कार्यरत एक कर्मचारीका अनुसार रानाभाटले सेक्युरिटी सिस्टम जडानका क्रममा सेमत कमिसन लिएर कम रकममा टेन्डर हाल्ने कम्पनीलाई कामको जिम्मा नदिइ बढी रकममा टेन्डर हालेका कम्पनीलाई ठेक्का दिएका छन्। जसमा ४५ लाख बढी कमिसन लिईएको बैंक स्रोतको दावी छ। यसमा पनि तत्कालिन अध्यक्ष ढकालकै मिलेमतो रहेको बताइएको छ।
त्यसैगरी, रानाभाटले आईटी इन्स्टलेसको ठेक्का प्रक्रिया पनि मनलाग्दी ढङ्गबाट टेन्डर उपलब्ध गराएका छन्। जसमा झन्डै २५ लाख रुपैयाँ कमिसन लिएर बढी रकम दावी गर्ने कम्पनीलाई काम दिइएको बैंक स्रोतको दावी छ। सामानको गुणस्तर कमजोर रहेको र यसको मूल्यांकन समितिमा समेत मिलेमतो गरी अत्यधिक मूल्यमा सामान खरिद गरिएको स्रोतको भनाइ छ।
बैंक भित्र यस्ता वित्तीय अनियमितता र स्वार्थमा आधारित ठेक्का प्रक्रियाले संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठाएकोले नियामक निकायमै पुगेर उजुरी गर्ने र त्यसपछि मात्र यसको वास्तविक अनुसन्धान अघि बढ्नेका बैंकका इमान्दार कर्मचारीहरु आसावादी छन्। यस घटनाले निजी लाभका लागि बैंकका स्रोत र संरचनाको दुरुपयोग गर्ने प्रवृत्ति अझै नियन्त्रणमा आउन नसकेको प्रष्ट भएको र यसले वित्तीय संस्थामाथिको नियामक निगरानी थप कडा हुनुपर्ने आवाज उठ्न थालेको उनीहरुको गुनासो छ।
यतिमात्र नभई रानाभाटमाथि बैंक सञ्चालनको लागि आवश्यक विवध खरिद प्रक्रियादेखि अत्यावश्यक सामान खरिदमा समेत कमिसन लिने गरेको आरोप छ। रानाभाटसँगै जिएसडी विभाग अनियमितता र भ्रष्टाचारको अखडा बनिरहेको उनीहरु बताउँछन्।
बैंकको जीएसडी विभागमा व्यापारिक फर्महरूसँग मिलेर सेटिङ गर्ने, जुन सप्लायर्ससँग कमिसनको कुरा मिल्छ उसैलाई टेन्डर दिने, सामान आपूर्तिमा मनपरी मूल्य निर्धारण गर्ने, मिलेमतोमा टेन्डर वितरण, र समानको गुणस्तरमा लापरवाहीजस्ता अनियमितता हुँदै आएको भन्दै केहि समय यता लगानीकर्ताहरु निक्षेप सुरक्षाको ग्यारेन्टी तथा प्रतिफलको सुनिश्चितता गरिदिन भन्दै राष्ट्र बैंकसम्मै पुग्न थालेका छन्। तर रानाभाटले भने यश विषयको खण्डन गरेका छन् । उनी भन्छन् – `यी सबै आरोप मिथ्या हुन् कुनैपनी सत्यता छैन, अफिस मै आउनुस् बसेर कुरा गरौंला ।´
रानाभाटका अनियमिताबारे बैंकभित्रकैका कर्मचारीहरुले समेत प्रश्न उठाउँदै जीएसडी विभागले गर्ने हरेक खरिद प्रक्रियामा अनियमितता देखिएकाले विभागमा हुँदै आएका अनियमिताबारे निश्पक्ष छानविनको माग उठेपछि बैंकले उनलाई हटाएर छानविन प्रक्रिया अघि बढाएको पनि थियो। तर तत्कालिन अध्यक्ष ढकाल निकट भएकै कारण उने अझैसम्म जीएसडी विभागका प्रमुख छन्।





















प्रतिक्रिया