काठमाडौँ। एनआईसी एशिया बैँक लिमिटेडका नवनियुक्त सिईओ सुजितकुमार शाक्यले महत्वपूर्ण विभाग कनिष्ठ कर्मचारी राजेश कुमार रावलको जिम्मा लगाउने तयारी थालेका छन्।
बैंकका महत्वपूर्ण विभागसँगै डेपुटी सिईओ बनाउनु पर्ने सर्तसहित बैँक संचालक समितिदेखि राष्ट्र बैँकका अधिकारीसम्म लबिङ गरी नबिलका डेपुटीलाई एनआईसीको सिइओ बनाउन भूमिका खेलेका ए-सीइओ रावललाई शाक्यले पूर्व सर्तअनुसार बैँकका अधिकांश महत्त्वपूर्ण विभाग सुम्पिने तयारी गरेका हुन्। सोहीअनुसार कार्यवाहक सीइओको समेत जिम्मेवारी सम्हालिसकेका डेपुटी सीइओ सन्तोषकुमार राठीको समेत जिम्मेवारी खोसेर शाक्यले कनिष्ठ कर्मचारी रावललाई पावरफुल बनाउँदैछन्। शाक्यले राठीको मातहतमा रहेका जीएसडी, ब्रान्डिङ्ग, कर्जा मानव संसाधन लगायतका महत्त्वपूर्ण विभाग रावलको मातहतमा रहने गरि जिम्मेवारी सुम्पन लागेका हुन्।
यतिमात्र नभइ सीइओ शाक्यले रावलले नियामक निकाय ‘राष्ट्र बैंक मिलाउन सक्ने’ भएकाले उनलाई डेपुटी सीइओ बनाउन संचालक समितिसँग लबिंग सुरु गरेका छन्। तर, यथार्थमा भने शाक्यले आँफुलाइ सीइओ बनाएको गुन तिर्न लागेका हुन्। रावलको कार्यसम्पादन मुल्यांकन पनि अन्यभन्दा निकै कमजोर छ। रावलको कार्यसम्पादनमाथि बोर्डले पटकपटक प्रश्न गर्दै आएको छ। तर शाक्य भने तिनै रावलमाथि बैंकका महत्वपूर्ण एवम् संवेदनशील विभाग जिम्मा लगाउने तयारी गर्दैछन्। जिम्मेवारीसँगै रावललाई डेपुटी सीइओ बनाउने उनको योजना छ। शाक्यले रावललाई डेपुटी सीइओ बनाउने सर्तमा सीइओका लागि लबी गरेका थिए।
सोहि योजनाअनुसार नै शाक्यले देखिने गरी कित्ता छुट्याएर आफूले कार्यभार सम्हाले लगत्तै जुनियर कर्मचारी राजेश रावल र जयन्द्र रावलको कार्यकक्ष सारेर सिइओ आफिस अर्थात् आफू सँगसँगै राखेका छन् । अन्य २ जना ए- सिईओ अर्जुन राज खनिया र रन्जन खड्काको कार्यकक्ष भने दोस्रो र पाचौँ तला छ। कार्यसम्पादनमा अब्बल हुँदाहुँदै पनि आफ्नो पुरानो वैमनस्यता सांधेर शाक्यले केहि कर्मचारीका जिम्मेवारी खोसेर तिनै रावलहरुलाई दिने तयारी गरेका छन्। यी दुवै रावल राष्ट्र बैँकका एक उच्च अधिकारीका आफन्त हुन्।
बैंकमा केहिसमय अघि २ जना डेपुटी सीइओ थिए। सिनियर डेपुटी सीइओ सुधिरनाथ पाण्डेले उनले राजिनामा दिएर बैंक छोडेपछि हाल बैंकमा राठी डेपुटी सीइओ छन्। राष्ट्र बैंकको कारबाहीबाट जोगिन तत्कालिन सीईओ रोशनकुमार न्यौपानेले राजिनामा दिएपछि राठीले बैंकको कार्यभार सम्हालेका थिए। राठीलाई नै सीईओ बनाउने बोर्डको तयारी पनि थियो। तर, अध्यक्ष तुलसीराम अग्रवालका दाजु त्रिलोकचन्द्र अग्रवालका ‘गोजीमा मान्छे सुजित शाक्य’ लाई उनैको दवावमा बोर्डले जे-जे भन्छ उसै गर्ने सर्तमा सीईओ बनाईयो।
सिईओ बनेको महिनादिन नपुग्दै पनि बैँकमा रहिआएका कर्मचारीको मनोबल गिर्ने गरि जिम्मेवारी खोसेर कनिष्ठ कर्मचारीलाई सुम्पने तयारी गरेपछि शाक्यमाथि आफूलाई सिईओ बनाएको गुन तिर्न मनपरी निर्णय गर्न लागेको आरोप लागेको छ। बैंक स्रोतका अनुसार शाक्यले आईतबारसम्म्ममा डेपुटी सिईओ राठीको विभागीय जिम्मेवारी समेत खोसेर उनीभन्दा जुनियर कर्मचारी रावललाई सुम्पने तयारी गरेका छन्। योसँगै शाक्य ती विभागका प्रमुखहरु समेत निकाल्ने तयारीमा छन्। शाक्यले कम्पनी सचिव दिपेन कार्की एचआर विभाग प्रमुख नारायण नेपाल, ब्रान्डिङ्ग विभागका प्रमुख धिरेन्द्र वाग्ले, जीएसडी प्रमुख लगायतका इमान्दार कर्मचारीलाई हटाइ आफू अनुकूलका व्यक्ति भित्र्याउने तयारी गर्दैछन्।
त्यस्तै, शाक्यले बैंकका अर्का सहायक सीइओ जयन्द्र रावललाई पनि सिनियरभन्दा बढी स्पेस दिएका छन्। शाक्यको नियुक्तिप्रति असन्तुष्ट राष्ट्र बैंकमा आफ्नो पक्षमा सकारात्मक बनाउन उनले राष्ट्र बैंकका एक उच्च पदस्थका आफन्त भएको फाईदा उठाई उनको चाकडी थालेका छन्। जबकी कार्यसम्पादनसँगै रावलको योग्यतामाथि समेत प्रश्न उठेको छ। बैंकको उच्च पदमा रहिआएका उनी ‘इन्टरमिडियट’ हुन्। उनी ए-सीइओ कसरी बने भन्नेमै संका गरिएको छ। तिनै रावलको चाकडी गर्दै शाक्यले बैंकका अब्बल कर्मचारीको जिम्मेवारी खोसेर उनका मातहतमा महत्वपूर्ण विभाग राख्ने तयारी गरेका छन्।
बैंकमा र जना रावलसँगै अर्जुनराज खनियाँ र रन्जन खड्का गरी ४ जना सहायक सीइओ छन्। उनीहरुको समेत जिम्मेवारी खोस्ने शाक्यको योजना छ।
शाक्य तकालिन बैंक अफ एशिया हालको एनआईसी एशियाकै कर्मचारी हुन्। त्रिलोकचन्द्र निकट हुँदाहुँदै पनि उनको कार्यसम्पदनप्रति असन्तुष्टि जनाउँदै तकालिन बैंक संचालक समितिले नै उनलाई भिआरएस लिएर बैंक छोड्न भनेको थियो। उनीमाथि नबिल बैंकमा हुँदा पनि – ‘तुलसीरामका दाजु त्रिलोकचन्द्रका लागि काम गर्थे भन्ने आरोप छ।





















प्रतिक्रिया