Logo

अनलाइनपाना खोज

‘ज्वाईं’ को समाचारमा ‘ससुरा’ को खण्डन



काठमाडौँ। ग्लोबल आईएमइ बैंक लिमिटेडका कर्मचारीले गरेका वित्तीय अपराध एवम् भ्रष्टाचारका समाचारप्रति उनका ससुराले आपत्ति जनाएका छन्।

ग्लोबल आईएमई बैंकका मार्केटिङ तथा रिलेसनसीप विभाग प्रमुख योगेश पोखरेलले प्राप्त अख्तियारको चरम दुरुपयोग गरी आफ्नै श्रीमती प्रभा पन्थीका नाममा कम्पनी खडा गरी बिजनेस प्रमोसनको रकम आँफैले लिँदै आएको बिषय अनलाइनपाना डटकममा प्रकाशित गरेसँगै उनका ससुराले यसमा आपत्ति जनाएका हुन्।

बैँकका कर्मचारीले गरेको अनियमिततामा अध्यक्ष चन्द्र प्रसाद ढकालसँगै नियामक निकाय नेपाल राष्ट्र बैँकका उच्च पदस्थ कर्मचारीले नै संरक्षण गरी कारबाही नगरिएको लगायतका बिषयका प्रकाशित समाचारप्रति उनका ससुरा राममणी पन्थीले आपत्तिजनक प्रतिकृया दिएका हुन्।

अनलाइन पाना डटकममा प्रकाशित समाचार सामाग्रीमाथि अभद्र प्रतिक्रिया जनाउँदै उनका ससुरा पन्थीले सामाजिक संजालमै लेखेका छन्,- “कालो खान नपाएकोमा रोईलो।”

पन्थी योगेश पोखरेलका ससुरा हुन्। प्रभा पन्थी उनकी आफ्नै छोरी हुन् ।

छुटाउनु भयो कि ?

आईएमइ ग्रुपका भ्रष्ट कर्मचारीलाई राष्ट्र बैँककै ‘ढाडस’, पदीय स्वार्थसँग अपराधको ‘सट्टेवाजी’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १९:२२   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।