काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलान र अर्जुन साउदको बलियो साझेदारी गरेसँगै जनकपुर बोल्ट्सले १७७ रनको लक्ष्य पाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।
चितवनका लागि ओपनर डाविड मालानले सर्वाधिक ८० रन बनाए भने अर्जुन साउदले ५२ रन जोडे । कप्तान कुशल मल्लले अविजित ३० रन जोडे ।
मालानले १९औं ओभरमा आउट हुनुअघि ५४ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८० रन जोडे । अर्जुन साउदले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाए ।
सैफ जैब ५ बलमा ७ रन बनाएर १५औं ओभरमा आउट भए । त्यस्तै यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका रबि बोपारा पनि आज सस्तैमा आउट भए । बोपारा ५ बलमा ३ रन जोडेर आउट भए ।
कप्तान कुशल मल्लले १४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ३० रन जोडे ।
जनकपुरका लागि माज सदाकत, अनिल शाह, रुपेश सिंह र लफ्टी इटनले १-१ विकेट लिए ।




















प्रतिक्रिया