Logo

प्रमुख समाचार

सरकार–जेनजी सम्झौताः सरकारलाई मार्गदर्शन गर्न जेनजी परिषद गठन हुने, यस्ता छन् सम्झौता पूर्णपाठ



काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता हुन लागेको हो ।

सम्झौतामा जेनजीले भदौ २३ र २४ गते गरेको गतिविधिलाई राजनीतिक–सामाजिक आन्दोलनको संज्ञा दिइएको छ । जेनजी आन्दोलनको मर्म र भावना अनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न जेन–जी परिषद् गठन गरिने सम्झौतापत्रमा भनिएको छ ।

‘नेपाली जनताको सुशासनको तीव्र आकांक्षाबाट प्रेरित भै जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाल सरकार र जेन–जी प्रतिनिधिबिच यो सम्झौता सम्पन्न गरिएको छ,’ सम्झौतापत्रमा भनिएको छ, ‘सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।’

 

[pdf-embedder url=”https://www.onlinepana.com/wp-content/uploads/2025/12/Gen-Z-Sushila-Karki-Agreement.pdf”]

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार २०:०९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।