Logo

खेलकुद

लुम्बिनी लायन्सले विराटनगरलाई दियो १३५ रनको लक्ष्य



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।

यो लक्ष्य पूरा गरे विराटनगरले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्न पाउनेछ । यस खेलमा ११ ओभरपछि लगालग विकेट गुमाएपछि लुम्बिनीले मध्यम लक्ष्य प्रस्तुत गर्ने अवस्थामा पुगेको हो ।

 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १७:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।