Logo

प्रमुख समाचार

भूमिमन्त्री भए लगतै कुमारसिंहकाे पहिलो निर्णय गरे: बाँझो जमिन उपयोग गर्ने नीति ल्याउने



काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको प्रयास गर्ने बताएका छन् ।

शुक्रवार मन्त्री पदको शपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू-उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन् ।

बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको बताउँदै इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने बताए ।

नेताहरूले जनताको हितमा काम नगरेकाले जनताहरूले सधैँ समस्या भोग्नुपरेको उनको भनाइ छ । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा वितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार २१:२६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।