Logo

अनलाइनपाना खोज

राष्ट्र बैंक ऐन उल्लङ्घन : एनआईसी एशिया बैंकका अध्यक्ष र तत्कालीन सीईओलाई नगद जरिवाना



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका तकालिन प्रमुख कार्यकारी अधिकृत सीइओ रोशन कुमार न्यौपाने र संचालक समिति अध्यक्ष तुलसीराम अग्रवाललाई राष्ट्र बैंकले कारबाही गरेको छ। नियामकिय निर्देशन उलंघन गर्ने बैंकका अध्यक्ष सीइओ दुबैलाई राष्ट्र बैंकले दुई/ दुई लाख रुपैयाँ नगद जरिवाना गरेको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले अनलाइनपानालाई जानकारी दिएका छन् ।

राष्ट्र बैंकले गरेको स्थलगत निरिक्षणका क्रममा अधिकांश खराब कर्जाको प्रोभिजन नगरिएको, राष्ट्र बैंकलाई बारम्बार गलत रिपोर्टिंग गरेको, मनपरी ब्याज असुली, ब्याज फिर्तामा मनपरी लगायतका कैफियत भेटेपछि बैंक सुपरिवेक्षण विभागको प्रतिवेदनका आधारमा बोर्डले २/२ लाख नगदजरिवाना गर्नुपर्ने निष्कर्ष सीइओ न्यौपाने र अध्यक्ष अग्रवाललाई स्पष्टीकरण सोधिएको थियो।

बैंक सुपरिवेक्षण विभागबाट २०८२ साल असोज १ गते जवाफ माग भइ ७ दिनभित्रै जवाफ पेश गरिएको भए पनि उक्त बिषय लामोसमयसम्म पनि टुँगो नलाग्दा चौतर्फी चासोसँगै राष्ट्र बैंककै कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठ्न थालेपछि आफ्नो निर्णयमा अडिग रहन बोर्डले व्यवस्थापनलाई कडा रुपमा निर्देशन दिएको थियो।

राष्ट्र बैंक ऐन २०५८ को दफा १०० मा ‘बैङ्कको नियमन उल्लङ्घन गरेमा हुने सजाय मा : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैडले जारी गरेको आदेश वा निर्देशनको उल्लङ्घन बैङ्कबाट इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाले गरेमा त्यस्तो वाणिज्य बैंक वा वित्तीय संस्थालाई बैंकले एक वा एक भन्दा बढी सजाय गर्न सक्ने व्यवस्था छ।

त्यस्तै, सोहि दफाको उपदफा २ को (ग) मा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैङ्गले जारी गरेको आदेश वा निर्देशन बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक वा वित्तीय संस्थाका सञ्चालक वा पदाधिकारी वा कर्मचारीले उल्लङ्घन गरेमा वा निजहरुले निक्षेपकर्ता वा सर्वसाधारणको हित विपरीत काम गरेको वा निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा बैंक वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले माग गरेको कागजात, विवरण वा तथ्याङ्क तोकिएको समयभित्र पेश नगरेमा त्यस्तो सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बैंकले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। जसका लागि नेपाल राष्ट्र बैंक ऐनको दफा १०१ को आर्थिक जरिबाना र सजायको कार्यविधि : (१) दफा ९९ तथा दफा १०० बमोजिम आर्थिक जरिबाना वा सजाय गर्दा लिखितरुपमा स्पष्टीकरण सोध्नुपर्नेछ। अन्यथा सम्बन्धित व्यक्ति तथा सँस्था पुनरावेदनमा जान सक्नेछ।

एनआईसी एशिया बैंकका अध्यक्ष तथा तत्कालिन सीईओ न्यौपानेलाई कारबाहीस्वरूप नगद जरिवाना गर्नुपर्ने निष्कर्षसहित यसै व्यवस्था र प्रावधानअनुसार राष्ट्र बैंकले लिखित स्पष्टीकरण सोधिएको थियो ।

तर,पटकैपिच्छे नियामकीय निर्देशन उलंघन गर्ने र नियामक निकायलाई प्रभावमा पारी कारबाही छल्दै आएको एनआईसी एशिया बैंकले यसपटक पनि कारबाहीबाट बच्न राष्ट्र बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुसँग एक्लाएकै गोप्य भेट गरी कारबाही प्रकृयालाई प्रभावित गरिरहेका थिए। त्यस्तै, सीइओ न्यौपानेले स्पष्टीकरण सोध्ने तयारी गर्दै गरेको गोप्य सूचना पाएपछि कारबाहीबाट बच्न सोहि दिन ( स्पष्टीकरण सोधिनुभन्दा केहि घण्टा अघिनै) पदबाट राजिनामा दिएका थिए।

एनआईसी बैंकका अध्यक्ष-सिईओको अपराधमा राष्ट्र बैंकको गुप्त समर्थन, कसले लुकायो कार्बाहीको फाइल ?

‘ब्याज फिर्ता’ को रकम खराब ऋणीका खातामा : एनआईसीका एसिईओ रावलकै संलग्नता

एनआईसी बैंकका अध्यक्ष-सिईओको अपराधमा राष्ट्र बैंकको गुप्त समर्थन, कसले लुकायो कार्बाहीको फाइल ?

एनआईसी एशिया बैँकमा कनिष्ठको कब्जा, डेपुटी सिईओको जिम्मेवारी असिस्टेन्टको पोल्टामा

बर्खास्त गर्न लागेपछि एनआईसी एशिया बैंकका सिइओ न्यौपानेले दिए राजीनामा

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १०:३३   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।