Logo

अर्थ

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा साधारणसभा आह्वान, लाभांश पारित गरिने



काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको ३२औं साधारणसभा आह्वान गरेको हो ।

बैठकले उक्त सभा आगामी माघ ६ गते काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १०:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।