नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार गत असोज २६ देखि कात्तिक ६ गतेसम्मको अवधिमा उक्त राजस्व संकलन भएको हो।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले विभिन्न जिल्लामा गरिएको ट्राफिक कारबाहीबाट राजस्व संकलन भएको जानकारी दिए।
यस अवधिमा सबैभन्दा बढी सुर्खेतमा पाँच लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ६३८ सवारीसाधनलाई कारबाही गरिएको थियो।
सल्यानमा २२२ सवारीसाधनलाई कारबाही गर्दा दुई लाख १८ हजार ५०० रुपैयाँ र रुकुम पश्चिममा १२७ सवारीसाधनबाट एक लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, दैलेखमा ९९ सवारीसाधनबाट ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट ७३ हजार र जाजरकोटमा ६८ सवारीसाधनबाट ६१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कालीकोटमा ८२ सवारीसाधनलाई कारबाही गर्दा १७ हजार, डोल्पामा १८ सवारीसाधनबाट १७ हजार, हुम्लामा १५ सवारीसाधनबाट १५ हजार र मुगुमा तीन सवारीसाधनबाट दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यसैबीच, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २४६ जनालाई कारबाही गरिएको छ। कार्यालयका अनुसार सुर्खेतमा सबैभन्दा बढी १५७ जना मापसे कारबाहीमा परेका छन्।
सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक जनालाई कारबाही गरिएको हो।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट राजस्व संकलनसँगै मापसे गरी सवारी चलाउनेलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।




















प्रतिक्रिया