काठमाडौं । गत भाद्र २३ गते भएको जेनजीहरूको विरोध प्रदर्शन र भाद्र २४ गते नै भएको विध्वसात्मक कार्य पछि संविधान कोमामा पुगेको थियो ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएपछि कोमामा पुगेको संविधानलाई कोमामै राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गर्दै सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई भाद्र २७ गते मध्यरातमा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक घण्टा नवित्दै प्रधानमन्त्री कार्कीले संसद विघटन गर्ने निर्णय गरेर राष्ट्रपतिलाई संसद विघटन गर्ने सिफारिस गरेकी हुनाले त्यही सिफारिसको आधारमा संसद विघटन गर्दै फागुन २१ गते संसदको निर्वाचन गराउने म्याडेट प्रधानमन्त्री कार्कीलाई दिएका थिए । त्यही म्याडेटका आधारमा फागुन २१ गते संसदको निर्वाचन सम्पन्न भैसकेको छ ।
फागुन २१ गते सम्पन्न भएको निर्वाचन परिणामले ठुला भनिएका पार्टी नेपाली कांग्रेस, नेकपा एमाले सहितका पार्टीहरूलाई रक्षात्मक अवस्थामा पु¥याएको छ भने २०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई यस पटकको निर्वाचनमा झण्डै दुई तिहाई मत दिएर नेपाली जनताले कांग्रेस, एमाले सहितका दलहरूलाई जनताका समस्या सुन्न, बुझ्न अब पनि ढिलो गरे पार्टीहरू नै सकिन्न सक्ने चेतावनी सहित संसदमा पु-याएका छन् ।
पुराना भनिएका दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेशवादी दलहरूले लामो समयसम्म मुलुकमा सरकार सञ्चालन गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त आफ्नो पार्टीको नाम पटक पटक परिवर्तन गर्दै जनतालाई झुक्याउँदै आफ्नै अध्यक्ष बन्दै आएका थिए तर भाद्र २३ को जेनजीहरूको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यपछि पुनः माओवादी केन्द्रको नाम परिवर्तन गर्दै माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी सहितका अन्य स–साना नाम मात्रका दलहरूलाई संलग्न गराएर नेपाली कम्युनिष्ट पार्टी बनाएका थिए ।
उक्त पार्टीमा करिब २० वटा पार्टी संलग्न रहेका भएपनि संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपाल नै रहेकाले निर्वाचनमा जनताले उक्त पार्टीलाई पत्याएन त्यसैले गर्दा नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फको १ सय ६५ सिटमा जम्मा ८ सिटर समानुपातिकतर्फका १ सय १० सिट मध्येको ९ सिटमा मात्र जित हाँसिल गर्न सकेको छ ।
त्यसैगरी नेपाली कांग्रेस समेत यस पटकको निर्वाचनमा नराम्रो झट्का व्यहोर्नु परेको छ ।
निर्वाचनको घोषणा भै सकेको अवस्थामा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गगन थापाले विशेष महाधिवेशन बोलाएर आफैँ सभापति बनेपछि तत्कालिन अवस्थामा सभापति रहेका शेरबहादुर देउवा पक्षले सो विशेष महाधिवेशनमा सहभागि नभएको र गगन थापालाई विशेष महाधिवेशनले सभापति बनाएको र त्यसलाई देउवा पक्षले स्वीकार गर्न नसकेको अवस्थामा निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको मान्यता दिएको भएपनि जनताले गगन पक्षको नेपाली कांग्रेसलाई मान्यता दिएनन् त्यसैले गर्दा नेपाली कांग्रेस समेत यस पटकको निर्वाचनमा नराम्रोसँग पराजित भएको छ ।
भाद्र २३ गतेको विरोध प्रदर्शन हुँदा नेकपा एमालेका अध्यक्ष केपी नै प्रधानमन्त्री रहेका र भाद्र २३ गते काठमाडौ सहित इटहरीमा प्रहरीले चलाएको गोली लागेर काठमाडौमा १९ र इटहरीमा २ जनाको निधन भएको थियो ।
प्रहरीले गोली चलाएर हत्या गरेको भन्दै भाद्र २३ गतेको विरोध प्रदर्शनलाई हाईज्याक गर्नेहरूले नै भाद्र २४ गते विध्वसात्मक कार्य गरेर सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन सहितका धेरै सरकारी भवनहरू जलाए ।
उनीहरूले त्यस्तो कार्य गर्नु परेको दोष केपी ओली र नेकपा एमालेमाथि लगाएका थिए । त्यही दोष चिर्न नसकेको हुनाले नेकपा एमाले पराजित हुनु परेको र अर्को कारण हो बालेन साह ।
काठमाडौं महानगरका तत्कालिन मेयर बालेन साह कुनै अँध्यारो कोठामा बसेर भाद्र २३ गतेको जेनजीहरूको विरोध प्रदर्शनलाई उचालिरहेका थिए ।
कुनै बेला आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकजाँच गर्दा सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका थिए । भाद्र २३ गतेको विरोध प्रदर्शन र २४ गतेको विध्वसात्मक कार्यपछि जेनजीहलाई नेपाली सेनाका प्रधानसेनापतिसँग वार्ता गर भन्ने निर्देशन वालेनले स्टाटसमार्फत दिएका थिए ।
त्यसरी निर्देशन दिनुको अर्थ थियो ? सबै अपराधको दोष तत्कालिन प्रधानमन्त्री केपी ओली र एमालेमाथि लगाउनु र त्यही दोषलाई एमालेले जनतासामू चिर्न नसकेको हुनाले एमाले पराजित भएको हो ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुछिएको भन्दै विभिन्न अदालतमा मुद्दा खेपिरहेका थिए तर लामिछाने र रास्वपाले सभापति लामिछानेमाथि तत्कालिन ओली सरकारले प्रतिशोध लिएको आरोप लगाउँदै आएको र सो आरोपका बारेमा सरकारले जनतासामू प्रष्ट रुपमा सत्यतथ्य कुरा पु¥याउन नसकेको कारण समेत भाद्र २३ र २४ सँग जोडिएको छ ।
जेलमा रहेका रवि लामिछानेलाई भाद्र २३ गते नै आन्दोलनकारीहरूले जेलमुक्त गराए उनीलाई जेलमुक्त गरेपछि विभिन्न कारागारमा रहेका झण्डै १५ हजार भन्दा बढी कैदीबन्दीहरू जेलबाट भगाइए वा भागे ।
तत्कालिन काठमाडौं महानगरका मेयर बालेन साहको त्यसबेलाको नियत र उनले देखाएको व्यवहारलाई रास्वपाले आफूलाई बैतर्णी तर्ने भ¥याङका रुपमा प्रयोग ग¥यो । त्यो प्रयोग सफल भयो ।
रास्वपाले साहलाई आफ्नो पार्टीमा प्रवेश गराएर रास्वपाको वरिष्ठ नेता भन्दै निर्वाचन अघि नै झापा ५ मा संसदको उम्मेदवार बनाउने र भावि प्रधानमन्त्री भन्दै त्यसै अनुरुपको घोषणा गरेको हुनाले रास्वपाले अहिले झण्डै दुई तिहाई मत ल्याएको छ ।
झापा ५ बाट बालेन ठुलो मतान्तरले निर्वाचित भएका छन् । अब उनी प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ ।
उनी प्रधानमन्त्री बनेपछि उनैको सरकारले भाद्र २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी साहलाई आएको छ ।
अब के साहले आफ्नै पार्टीका झण्डै १५ जना भन्दा बढी सांसदलाई कानुनी कारबाही गर्लान् भन्ने प्रश्न समेत उठेको खबर अभियान साप्ताहिकमा उल्लेख छ ।
साहलाई समेत कार्की आयोगले बयान लिएको र कहिँ न कहिँ साहले समेत जेनजीहरूलाई उचालेर विध्वसात्मक कार्य गराएको भन्ने जाँचबुझ आयोगका प्रतिवेदनमा उल्लेख गरिएको र रास्वपाका धेरै सांसदहरू त्यसमा संलगन रहेकाले के अब ती सबैलाई रास्वपाका वरिष्ठ नेता समेत रहेका साह सरकारले कानुनी कारबाही गर्ला ?
यदि त्यसो हुन सकेन भने रास्वपाले भनेको सुशासन र भ्रष्टाचार नियन्त्रण अनि दण्डहिनता कसरी नियन्त्रण होला भन्ने प्रश्न उठेको छ ।





















प्रतिक्रिया