काठमाडौं । कृषि विकास बैंक लिमिटेडले “ग्लोबल मनीविकअभियान,२०२६” अन्तर्गत १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
यहीमार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका १५००भन्दा बढी विद्यार्थी तथा महिला कृषिव्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनीविक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जसअन्तर्गत बैंकले मुलुककाविभिन्न स्थानमावित्तीय साक्षरताअभिवृद्धि गर्ने उद्देश्यले बचतगर्ने बानी, कर्जा लगानी,कजाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई सचेतना एवं अभिमुखीकरण गराएको हो ।
बैंकले विभिन्न शाखाकार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालनगरिएको जनाइएको छ । वित्तीय साक्षरता अभियानलाई थप फराकिलो बनाउँदै बैंकले वित्तीय साक्षरता सम्बन्धी विभिन्न सामग्रीउत्पादन गरी प्रकाशनतथा प्रसारण पनिगर्दै आएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहितविभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।




















प्रतिक्रिया