Logo

अर्थ

एलजीको ‘डिजाइन योर ड्रिम होम’ अभियान सार्वजनिक, ४१ प्रतिशतसम्म छुट



काठमाडौं । नयाँ वर्षको अवसर पारेर एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘डिजाइन योर ड्रिम होम’ नामक विशेष अभियान सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरेलु उपकरणमा ४१ प्रतिशतसम्म छुट, उपहार तथा आकर्षक क्यासब्याक अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत एलजीका नवीनतम प्रविधियुक्त उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ग्राहकलाई आरामदायी जीवनशैलीतर्फ उन्मुख गराउँदै दैनिक प्रयोगलाई अझ सरल बनाउने उद्देश्य लिइएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत टीभी, अडियो सिस्टम, भ्याकुम क्लिनर तथा ३०८ लिटरसम्मका सिंगल र डबल डोर फ्रिजमा ४१ प्रतिशतसम्म क्यासब्याक अफर उपलब्ध छ ।

यस्तै, फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी एरियल म्याटिक डिटर्जेन्ट, टप लोडमा दुई केजी एरियल डिटर्जेन्ट र ट्विन टब वासिङ मेसिनमा एक केजी डिटर्जेन्ट निःशुल्क प्रदान गरिनेछ ।

डिसवाशरमा दुई प्याक वासिङ ट्याब्लेट, ३४० लिटरभन्दा माथिका साइड–बाइ–साइड तथा डबल डोर फ्रिजमा मिक्सर, माइक्रोवेभ ओभनमा कुकिङ किट तथा एयर कन्डिसनरमा निःशुल्क इन्स्टलेसन सुविधा समेत उपलब्ध रहने कम्पनीले जनाएको छ ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार, यो अभियानअन्तर्गत ग्राहकलाई नयाँ वर्षको सुरुआतमै आफ्नो घरलाई स्मार्ट र आधुनिक बनाउने अवसर प्रदान गर्नुका साथै खरिद प्रक्रियालाई सहज र लाभदायी बनाउने लक्ष्य राखिएको छ ।

साथै, ० प्रतिशत ब्याजदरमा तुरुन्तै ईएमआई सुविधा उपलब्ध रहेको र यसनिम्ति नागरिकता पर्याप्त हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १७:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।