Logo

अर्थ

नयाँ वर्षमा वाई-फाई नेपालको अफर: उही मूल्यमा थप स्पीड



काठमाडौं । नेपालकै तीव्र गतिमा विस्तार भइरहेको र विश्वसनीय फाइबर इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले नयाँ वर्षलाई लक्षित गर्दै “नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान” शीर्षकको विशेष अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकहरूलाई अझ उच्च गति र सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ।

यो अफर अन्तर्गत ५० एमबीपीएस प्याकेज लिने ग्राहकहरूले ७० एमबीपीएस स्पीड पाउनेछन् भने ७० एमबीपीएस प्याकेज लिने ग्राहकहरूले १०० एमबीपीएस स्पीड प्राप्त गर्नेछन्, उही किफायती मूल्यमा। यस विशेष अफर १२ महिना र २४ महिनाका प्याकेजहरूमा मात्र नयाँ ग्राहकहरूका लागि लागू हुनेछ।

यस अफर अन्तर्गत ग्राहकहरूले ड्युल ब्राण्ड राउटर प्राप्त गर्नेछन्, जसले अझ बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकै समयमा धेरै उपकरणहरूमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्नेछ। नयाँ प्रविधिले घरका हरेक कुनामा इन्टरनेटको पहुँचलाई सहज बनाउनेछ।

कम्पनीका अनुसार, ‘नयाँ वर्ष स्पीड बुस्ट अफर’ ग्राहकहरूलाई अझ बढी स्पीड, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, नयाँ वर्षको अवसरमा यो सुवर्ण मौकाको फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १५:१५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।