Logo

समाचार

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागेका हौं: नेपाली सेना



काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ ।

बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ ।

नेपाली सेनाले विगतका वर्षहरुमा भएका विपदका घटनाहरुलाई समेत ध्यान राख्दै नजिकिँदै गरेको वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद पूर्वतयारीको योजना गर्दै आएको विज्ञप्ति प्रस्ट पारिएको छ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेपाली सेनाले सुकुमबासीको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबर प्रकाशन र प्रसारण भइरहेकोमा नेपाली सेनाका स्थानीय युनिटहरुले आआफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपदका घटनाहरुमा सुरक्षाफौज तैनाथ भई उद्धार, राहात वितरण र पुनर्स्थापनाका कार्यहरुलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार १६:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।