काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई बुधबार काठमाडौंको पुरानो बानेश्वरबाट नियन्त्रणमा लिएको हो। ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै सम्बन्धित कागजातमा परिवर्तन गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको छ।
यस प्रकरणमा हालसम्म निर्माण व्यवसायीसमेत गरी १३ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कसुरमा थप अनुसन्धान जारी रहेको छ।




















प्रतिक्रिया