Logo

अर्थ

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ११:२९   :  बजे

453
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।