Logo

अपराध

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३४ जना पक्राउ



काठमाडौं ।  देशका विभिन्न जिल्लाबाट लागूऔषध कारोबारमा संलग्न ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँका दक्षिणकाली नगरपालिका–५, बुढानिलकण्ठ नगरपालिका–६ र चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट तीन जना पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–६ बाट दुई तथा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बाट दुई जनालाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी कैलालीको भजनी नगरपालिका–३ र धनगढी उपमहानगरपालिका–६ बाट एक–एक, इलामको सूर्योदय नगरपालिका–७ हर्कटेबाट दुई तथा सुनसरीका दुहवी नगरपालिका–१०, बराहक्षेत्र नगरपालिका–२ र धरान उपमहानगरपालिका–१७ बाट एक–एक जना पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका–११ भोजाडबाट तीन, भरतपुर–१ आँपटारीबाट एक तथा राप्ती नगरपालिका–११ डुम्रेखाडी क्षेत्रबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँबाट दुई जनालाई पनि पक्राउ गरिएको छ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीबाट एक र बेलौरी नगरपालिका–१० सडकघाटबाट चार जना पक्राउ परेका छन्। जाजरकोटको शिवालय गाउँपालिका छेडाचौरबाट चार जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पर्साको पोखरिया नगरपालिका–४ बाट एक, दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट दुई तथा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ बाट एक जना पक्राउ परेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार २१:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।