Logo

समाचार

बराहतालमा पाठेघरको क्यान्सर जाँच शिविर, २४५ जनाको स्वास्थ्य परीक्षण



सुर्खेत । बराहताल गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरेको छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

शनिबार बराहतालको कुनाथरी र लेकगाउँका महलाहरूलाई केन्द्रित गरी गरिएको स्वास्थ्य शिविरमा २४५ जनाले पाठेघरको मुखको क्यान्सरसहित स्तन क्यान्सर, फिस्टुला, लगायतका रोगहरूको परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविर शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मी पुनले पाठेघरको क्यान्सर महिलाहरूको ठुलो स्वास्थ्य समस्याका रूपमा देखिएकाले समस्या लुकाउँदा गम्भीरता बढ्दै जाने भएकोले नियमित जाँच गराउन आग्रह गरिन् ।

क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै उपाध्यक्ष पुनले पालिकाले निःशुल्क शिविर सञ्चालन गरेको बताइन् ।

निःशुल्क शिविरको लाभ पालिका बासी सबै महिलाहरूले लिन सके क्यान्सर ‘पोजिटिभ’ पाठेघरको क्यान्सर पीडित भएर बस्न नपर्ने बताइन् ।

कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डाक्टर लोकराज कँडेलले महिलाहरूले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताए । बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षण गर्नु पर्नेमा उनले जोड दिए ।

कुना थरीका १२५ जनाको स्वास्थ्य जाँच गरिएकोमा ११९ जनाको पाठेघरको क्यान्सर जाँचका लागि एचपिभी डिएनएको नमुना संकलन गरिएको बताइएको छ ।

त्यस्तै लेक गाउँमा १२० जनाको स्वास्थ्य जाँच गरिएकोमा १०८ जनाको तन क्यान्सर, फिस्टुला जाँच गरिएको र संकलन गरिएका नमुना कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ०८:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।