Logo

समाचार

पहिरो पन्छाएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा



काठमाडाैं । मकवानपुर र ललितपुरका दुई स्थानमा गएको पहिरो हटाइएपछि कान्तिलोकपथ पुनः सञ्चालनमा आएको छ।  आइतबार बिहान अविरल वर्षापछि मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडा र ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरे क्षेत्रमा पहिरो खसेको थियो।

प्रहरीका अनुसार मकवानपुरतर्फको पहिरो बिहान करिब १० बजे हटाइएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो।

त्यसैगरी ललितपुरतर्फको पहिरो पनि पौने १२ बजे हटाएपछि पूर्ण रूपमा सवारी आवागमन खुलाइएको हो।

बिहान करिब ५ बजे पानी परेसँगै दुवै स्थानमा पहिरो गएको थियो।

पहिरो हटाउने कार्यमा स्थानीयवासी, नेपाल प्रहरी र सडक विभागको टोलीले उपकरणसहित संयुक्त रूपमा काम गरेको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले जानकारी दिए।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।