Logo

खेलकुद

क्यानले घटायो टिकटको मूल्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य समायोजन गरेको छ ।

सोमबार (वैशाख २१) सूचना जारी गर्दै क्यानले मंगलबार (वैशाख २२) हुने नेपाल र ओमानबीचको खेलका निम्ति प्रतिटिकटको मूल्य २०० रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको हो । टिकटको मूल्य यसअघि ४०० रुपैयाँ थियो ।

 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार १३:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।