काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार ८ सय रुपैयाँको गिरावट आएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार सोमबारको तुलनामा चाँदीको मूल्यमा प्रतितोला १ सय ५० रुपैयाँ गिरावट आएको छ ।
सोमबार ५ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।





















प्रतिक्रिया