Logo

अर्थ

सुनको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार ८ सय रुपैयाँको गिरावट आएको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार सोमबारको तुलनामा चाँदीको मूल्यमा प्रतितोला १ सय ५० रुपैयाँ गिरावट आएको छ ।

सोमबार ५ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलवार ११:३०   :  बजे

330
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।