Logo

प्रमुख समाचार

आजको इजलासमा छैनन् मल्ल र शर्मा, २ घण्टापछि सर्वोच्चको दैनिक पेशी सूची सार्वजनिक



काठमाडौं । सर्वोच्च अदालतले २ घण्टा ढिला गरेर दैनिक मुद्दाको पेसी सूची सार्वजनिक गरेको छ । आजको पेसीमा प्रधान न्यायाधीशमा सिफारिस मनोजकुमार शर्मा र कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको भने इजलास तोकिएको छैन ।

वरीयता र स्थापित परम्परा मिचेर प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा देखिएको हो ।

पछिल्लो समय साढे ९ देखि पौने १० भित्र दैनिक पेसी सूची सार्वजनिक हुनेगरेको भए पनि आज पौने ११ बजेमात्र सर्वोच्चको वेबसाइटमा पेसी सूची चढेको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार १२:१५   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।