Logo

समाचार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट



काठमाडौँ। मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धानमाल जलेर नष्ट भएका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ का रामअवतार यादवको घरमा विद्युत् सर्ट भई लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जुगेश्वर यादव, जोगिनद्र यादव, अनिल यादव, रमन कुमार यादव र विद्यानन्द यादवको घरमा आगलागी हुँदा करिब २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

यसैगरी सप्तरी, रूपनी गाउँपालिका–१ रूपनी बस्ने ३० वर्षीय रामलखन यादवको घरमा आज बिहान आगलागी हुँदा करिब एक लाख ८४ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

ललितपुरको बागमती गाउँपालिका–७ गिम्दिबेसी बस्ने कृष्णप्रसाद दाहालको गोठमा आज बिहान आगलागी हुँदा करिब दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार १९:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।