Logo

समाचार

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ गतेदेखि आगामी जेठ ३ गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले आफ्नो ऐक्यबद्धता जनाएको हो।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

महासङ्घले मन्त्रालयको परिपत्रअनुसार आफ्ना सदस्य उद्योग वाणिज्य सङ्घहरू, वस्तुगत सङ्घ र आबद्ध व्यवसायीलाई सम्पूर्ण उद्योगी, पैठारीकर्ता, सप्लायर्स, थोक तथा खुद्रा बिक्रेतालाई आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न आग्रहसमेत गरेको छ।

महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घलाई आ-आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिए र नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी व्यवसायीलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार २१:१९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।