Logo

कर्पोरेट फोकस

गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित



काठमाडौं। गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित भएको छ।

न्यू बिजनेस एज लिमिटेडद्वारा मिति २०८३ बैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ।

यस अवसरमा बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहकहरु, शेयरधनीहरु, सम्पूर्र्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १९:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।