काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डसँग हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा स्कटल्याण्डले नेपाललाई २ रनले पराजित गरेको हो।
डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले ३९ ओभरमा ७ विकेट गुमाउँदै २१८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि गुलशन झा उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ६१ रनमा अविजित रहे। उनले २ चौका र ५ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले ५५ रन, रोहित पौडेलले ३२ रन, आसिफ शेखले २१ रन तथा करण केसीले १८ रन बनाए।
बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए।
कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो।
जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए। करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।





















प्रतिक्रिया