काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले दोलखाको बहुमूल्य जलविद्युत आयोजना सीमित व्यक्तिको कमाइको माध्यम बन्दै गएको आरोप लगाएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोलखास्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको कालिञ्चोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको ‘सेण्डिकेट’ लागेको टिप्पणी गरिन् ।
उनले भनिन्,‘हाम्रा बहुमूल्य जलविद्युत आयोजनाहरु मुठीभर व्यक्तिका कमाउको धन्दा बनेको छन् । हाम्रो आस्थाको धरोहर कालिञ्चोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको सेण्डिकेट लागेको छ ।’
सांसद सेन्चुरीले वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तामाकोशी पुल दोलखावासीका लागि घाउ बनेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् । ‘वर्षौंदेखि अलपत्र अवस्थामा रहेको तामाकोशी पुल दोलखावासीका लागि घाउ बनेको छ ।दोलखाको यो चित्कारलाई फाइलमा मात्रै होइन, कार्यान्वयनको मैदानमा पनि सम्बोधन गरियोस् ।’





















प्रतिक्रिया