Logo

आजको तस्बिर

पाथीभरा केबलकार परियोजना खारेजीकाे माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)



काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलामा पाथीभरास्थित मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षण तथा केवलकार आयोजना खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ ।

मुक्कुमलुङ ताङ्से–चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘मुन्धुमी स्थल मास्ने केवलकार चाहिँदैन’, ‘मुक्कुमलुङ/पाथीभरा केवलकार आयोजना सम्पूर्ण निर्माण कार्य तत्काल रोक’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरूले मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक तथा आदिवासी समुदायको आस्थासँग जोडिएको भन्दै प्राकृतिक तथा सांस्कृतिक सम्पदा जोगाउन केवलकार निर्माण रोक्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १६:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।