Logo

अर्थ

टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु भएको छ । क्याम्प आजदेखि जेठ ३ गतेसम्म देशभर सञ्चालन हुनेछ ।

ग्राहकहरूलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले यो विशेष एक्सचेन्ज कार्यक्रम ल्याइएको कम्पनीको भनाइ छ ।

तीन दिनसम्म चल्ने यस मेगा एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर टाटा मोटर्सका नयाँ गाडीहरू खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस क्याम्प अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुटका साथै आफ्नो पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्यांकन प्राप्त गर्नेछन् । सवारी साधनको मूल्यांकन सिप्रदी एस्योर्ड प्रा.लि. मार्फत गरिनेछ, जसले गर्दा ग्राहकले पारदर्शी र उचित मूल्य पाउने सुनिश्चित गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १५:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।