Logo

समाचार

कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु



कैलाली । कैलालीमा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बम रहेका छन् ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका बमको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ०६:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।