Logo

समाचार

भारततर्फ तस्करी हुन लागेको ४० लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा



सिरहा। सिरहाको नवराजपुर गाउँपालिकास्थित सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट र फेयर एण्ड लभ्लीसहितको ट्रक नियन्त्रणमा लिएको छ।

भारततर्फ अवैध तस्करी हुन लागेको आशंकामा ट्रक चालकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत जानकारी अनुसन्धानपछि बाहिर आउने बताइएको छ।

शनिबार मध्यराति गाडीको बत्ती बन्द गरी खेतै-खेत भारततर्फ जाँदै गरेको तस्करीका सामानले भरिएको स १ ख ५३५ नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

नवराजपुरका आनन्द यादव र राजेश यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी गण सिरहाले जनाएको छ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आईतवार ०८:५९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।