Logo

समाचार

वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर: इन्दिरा राना मगर



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र मूर्तिकलासँग सम्बन्धित घरेलु उद्योगका लागि छुट्याइएको क्षेत्र भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको जानकारी गराइन् । उनले ती उद्योगका कारण स्थानीय बासिन्दा बिरामी पर्ने तथा मृत्यु हुने अवस्था सिर्जना भएको उल्लेख गरिन् ।

उनले भनिन्,पाटन औद्योगिक क्षेत्र भनेको मूर्तिहरु बनाउने भनेर घरेलु उद्योगको लागि छुट्याएको क्षेत्र हो । यसलाई अहिले ठूलो–ठूलो उद्योगहरु खोलेर प्रयोग गरिएको छ । त्यसले गर्दा त्यो ठाउँमा धेरै मानिसहरु बिरामी हुने र मृत्यु नै हुने अवस्था रहेको छ ।’

त्यस्तै उनले झापा क्षेत्र नम्बर–२ मा पनि वायु प्रदूषणका कारण धेरै मानिस क्यान्सर पीडित भएको दाबी गरिन् । उनका अनुसार एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा प्रयोग गरिएपछि स्थानीयवासी स्वास्थ्य समस्याबाट प्रभावित भएका छन् ।

उनले पटक–पटक सम्बन्धित निकायमा रिपोर्ट गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् । उनले भनिन्,‘झापा क्षेत्र–२ मा वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् । त्यहाँ एसियन हाइवे बनाउने भनेर बस्तिमा अलकत्र बनाइएको छ धेरै पटक रिपोर्ट गर्दा पनि सुनिएको छैन ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १३:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।