काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको पेन्सन तथा उपदान कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागिएको हो । यसका लागि राष्ट्र बैंकले जेठ ६ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
कुल रकममध्ये ५ अर्ब ६० करोड रुपैयाँ वाणिज्य बैंकमा, १ अर्ब ५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ३५ करोड रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ ।
राष्ट्र बैंकका अनुसार उक्त लगानी सन् २०२६ मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिनका लागि हुनेछ ।





















प्रतिक्रिया