काठमाडाैं । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्।
अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था बनेको भन्दै बारले विरोध जनाएको हो।
उनीहरूले अदालत प्रशासनको कार्यशैलीले न्यायमा पहुँच कमजोर बनाएको भन्दै तत्काल सुधार गर्नुपर्ने माग राखेका हुन् ।
प्रदर्शनमा सहभागी कानून व्यवसायीहरूले ‘न्याय ढिलाइ हुनु अन्याय बराबर हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपाल बार एसोसिएसनले यसअघि पनि विभिन्न चरणमा ध्यानाकर्षण गराउँदै आएको भएपनि समस्या समाधान नभएकाले विरोध कार्यक्रमलाई थप सशक्त बनाइएको जनाएको छ । कानून व्यवसायीहरूले न्याय प्रणालीलाई प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउन सर्वोच्च प्रशासनलाई तत्काल सुधार गर्न आग्रह गरेका छन् ।





















प्रतिक्रिया