Logo

अर्थ

नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर



काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसमलाई ध्यानमा राख्दै उपभोक्ताका लागि विभिन्न क्षमताका ४४ वटा मोडलका रेफ्रिजरेटरहरू (फ्रिज) बजारमा उपलब्ध गराएको छ। कम्पनीले ६० लिटरदेखि ५५० लिटरसम्मको क्षमतामा यी फ्रिजहरू बिक्री वितरण गरिरहेको हो।

नेपाली उपभोक्ताको आवश्यकता र बजेट अनुसार कम्पनीले रेफ्रिजरेटरको विस्तृत शृङ्खला (मेगा लाइनअप) बजारमा ल्याएको जनाएको छ। जसमा साना परिवार र सीमित ठाउँका लागि ६० देखि २३० लिटर क्षमताका ३३ वटा ‘सिंगल डोर’ मोडलहरू रहेका छन्।

त्यस्तै, मध्यम तथा संयुक्त परिवारका लागि २२० देखि ३५० लिटर क्षमताका ९ वटा ‘डबल डोर’ मोडल उपलब्ध छन्। प्रिमियम र आधुनिक भान्साका लागि ५२० लिटरको ‘मल्टी-डोर’ र ५५० लिटरको ‘साइड-बाइ-साइड’ गरि दुईवटा विशेष लक्जरी मोडलहरू समेत बजारमा ल्याइएका छन्।

सीजीका यी रेफ्रिजरेटरहरूमा खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जोगाइराख्न ‘मल्टी-एयर फ्लो’ तथा ‘फास्ट कुलिङ’ प्रविधिको प्रयोग गरिएको छ। साथै, बिजुली बचतका लागि यसमा ‘स्मार्ट इन्भर्टर प्रविधि’ समावेश गरिएको छ।

चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सको यो फ्ल्यागसिप ब्रान्डका उत्पादनहरू देशभर रहेका २१ वटा अत्याधुनिक शोरुम, आधिकारिक बिक्रेता र अनलाइन सञ्जालमार्फत खरिद गर्न सकिन्छ। ग्राहकको सहजताका लागि देशभर ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत प्राविधिक सहयोग र मर्मतको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १५:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।