Logo

अर्थ

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडाैं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले गत २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २९ लाख ४८ हजार ९ सय ६६ आवेदन परेको छ । यसमध्ये २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको छ ।

कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ५ सय ४५ जनालाई १० कित्ताका दरले २५ लाख १५ हजार ४५० कित्ता आईपीओ बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ । बाँकी ५ कित्ता सेयर भने आईपीओ परेकामध्ये ५ जनालाई थप एक/एक कित्ता दिइएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १०:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।