Logo

अर्थ

हिमालयन पावर पार्टनरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम माैका



काठमाडाैं । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १०:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।