Logo

समाचार

ट्राफिक लाइटको विषयमा विवाद भएपछि गाडीबाटै झरिन् आशिका तामाङ



काठमाडौं । काठमाडौंको थापाथली चोकमा ट्राफिक लाइटको विषयमा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले असन्तुष्टि व्यक्त गरेकी छन् ।

सर्वसाधारणभन्दा केही अगाडि रोकिएको उनको गाडीलाई सोधपुछ गर्दै ट्राफिक पुगेपछि उनले गाडीबाटै ओर्लिएर असन्तुष्टि व्यक्त गरेकी हुन् ।

केहीबेर जाममा रोकिएपछि गाडीबाट ओर्लिंदै उनले ट्राफिक प्रहरीलाई अर्का ट्राफिक प्रहरीलाई सम्झाउन भनिन् । “उहाँलाई सम्झाउनु है ग्रीन सिग्नलमा गाडी रोकिराछ । मान्छे जाममा बसिरहेका छन् । यो भएन,” उनले भनेकी थिइन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १५:३८   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।