काठमाडौं। विश्वव्यापी राइड सेयरिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा सञ्चालनका लागि ट्याक्सीमान्डूसँग रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेको छ।
ट्याक्सीमान्डू नेपाली राइड सेयरिङ कम्पनी हो। हाल चालक दर्ता प्रक्रिया तथा प्रविधि परीक्षणको काम भइरहेको ट्याक्सीमान्डूले जनाएको छ।
योग्य ट्याक्सी तथा मोटरसाइकल चालकहरूले उबर चालक खाता दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। खाता सक्रियता तथा दर्ताका लागि ९७००००४४०८ नम्बरमा सम्पर्क गर्न सकिने छ।
साथै ट्याक्सीमाण्डुको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरेर पनि दर्ता प्रक्रिया अघि बढाउन सकिने जनाएको छ। यो सहकार्यले नेपालमा राइड सेयरिङ तथा डिजिटल मोबिलिटी क्षेत्रमा नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।






















प्रतिक्रिया