Logo

समाचार

बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो: राजेन्द्रकुमार राई



काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन । यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ । आज बाँदरले सयौं मानिसहरुलाई बसाइ गराइसक्यो । सयौं मानिसहरुले दाल, भात, तरकारी खान पाएका छैनन् । यसबारे सरकार किन सिरियस हुँदैन । जनताको जीवनमा जुन ठूलो समस्या बाँदर भएको छ यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनताको जीवन परिवर्तनमा ठूलो समस्या हुन्छ ।’

उनले कानुनी वा अन्य कुराबाट कसरी बाँदर नियन्त्रण गर्ने भन्ने जवाफ सात दिनभित्रै दिन माग गरे । उनले भने, ‘सात दिन पछाडि सबै सदस्य (सांसद)ले यसबारे कुरा उठाउनुहुन्छ । सदन चल्न गाह्रो हुन्छ । सरकारलाई सात दिनमा जवाफ दिन आग्रह गर्छु ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार १३:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।