Logo

अर्थ

कालंगा हाइड्रोपावरको आइपिओ आजबाट सर्वसाधारणका लागि खुल्याे



काठमाडाैं । कालंगा हाईड्रो लिमिटेडले आजदेखि आम सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।

कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते हुनेछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १०:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।