Logo

अर्थ

बैंकिङ प्रणालीबाट एकैपटक १०० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । शुक्रबार बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्दैछ ।

केन्द्रीय बैंकले आज जेठ ८ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

यो ६१ दिने निक्षेप संकलन उपकरणको आउँदो साउन ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार ११:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।