Logo

प्रमुख समाचार

कैलालीमा तालिम लिइरहेका ८ जना सशस्त्र प्रहरी जवान बेहोस, हेलिकप्टरबाट उद्धार



धनगढी । कैलालीमा सशस्त्र प्रहरीकाे तालिम लिइरहेका ८ जना जवान बेहोस भएका छन् ।

राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत ८ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस भएको जानकारी दिए ।

उनका अनुसार बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अत्याधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १३:२५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।