Logo

अर्थ

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् । उनले प्रतिस्पर्धी रामचन्द्र संघईलाई हराएका हुन् । संघईले ३० मत पाए ।

कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

दुवै अध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित भएका हुन् । योसँगै नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १६:४०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।