Logo

अन्तर्राष्ट्रिय

ह्वाइट हाउसमा फायरिङ, गोली हान्ने मारिए



वाशिङ्टन डिसी।अमेरिकाको वाशिङ्‍टनमा रहेको ह्वाइट हाउस नजिकै भएको गोलीबारीमा एक व्यक्ति घाइते भएका छन् भने गोली हान्ने संदिग्ध व्यक्तिको मृत्यु भएको छ।

घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस भित्रै थिए। ह्वाइट हाउसमा रहेका पत्रकारहरूले साँझ ६ बजेतिर गोली चलेको आवाज सुनेका थिए।

सिक्रेट सर्भिसलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिकै गोली चलाएको थियो।

तत्काल प्रहरीले जवाफी गोली चलाउँदा संदिग्ध व्यक्ति ढलेका थिए। उनलाई अस्पताल लगियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। गोली हानाहानमा एक यात्रुलाई पनि गोली लागेको थियो।

एक महिनाअघि ह्वाइट हाउस पत्रकारहरुका लागि आयोजित डिनर कार्यक्रममा पनि  गोलीबारी भएको थियो र संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार ०७:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।