Logo

समाचार

के प्रधानमन्त्री बन्दैछन् रवि ?



रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र सहकारी ठगीसम्बन्धी मुद्दा फिर्ता भएलगत्तै उनी भारत जाने भएका छन् । पछिल्लो समय प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रतिको आलोचनासँगै उठिरहेको नयाँ राजनीतिक बहसकाबीच अचानक तय भएको उनको भारत भ्रमणलाई थप चासोका साथ हेरिएको छ।

उनको भारत भ्रमणलाई सरकारको नेतृत्व परिवर्तनसँग जोडेर नयाँ बहस सुरु भएको छ।

केहि दिन अघि मात्र कास्की जिल्ला अदालतले सभापति लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र पूर्वडिआइजी छविलाल जोशीसमेतको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन आदेश गरेको थियो। कास्की जिल्ला अदालतको यो निर्णयलाई न्यायलयमाथिको हस्तक्षेपका रुपमा टिप्पणी गरिएको छ भने कतिपयले यसबाट सहकारी पिडितले रकम फिर्ता पाउने अवसरका रुपमा लिएका छन्

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार १५:४८   :  बजे

2.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।