काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २७.८५ अंकले बढेर २,७८६ को विन्दुमा कायम भएको छ ।
आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ९८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ६० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको ३० करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.०१ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.३२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया