काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको जानकारी दिए ।
जसअनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।




















प्रतिक्रिया